नेपाल लाइफको कार्यवाहक सीईओको जिम्मेवारी सन्तोष प्रसाईलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफको कार्यवाहक सीईओको जिम्मेवारी सन्तोष प्रसाईलाई



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले झापाका प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका छन् ।

प्रकाशित : १ श्रावण २०७७, बिहीबार १५:०७