सुनको भाउले नयाँ रेकर्ड बनायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउले नयाँ रेकर्ड बनायो



काठमाडाै । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । शुक्रवार तोलाको १८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलवार २ सय रुपैया बढेर ८२ हजार सात सय पुगेको छ ।

तेजावी सुन पनि मंगलबार तोलामा २ सयले नै बढेर ८२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

तर आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले कमि आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ८० मा कारोवार भइरहेको पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलवार १३:१५