स्पर्श लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्पर्श लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन एजेन्डा



काठमाडाै । स्पर्श लघुवित्त वित्तीय सस्ंथाले पुस २७ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १३.६८ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यस लघुविले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १३प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर बापत ०.६८प्रतिशत गरी कुल १३.६८ प्रतिशतलाभांश दिन लागेको हो । यसर्थ, स्पर्शले १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । कुनै कम्पनीसँग गाभिएपश्चात कायम हुने पुँजीबाट १००प्रतिशत हकप्रद ल्याउने एजेन्डा पनि छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी कायम भएपश्चात १० जिल्ले कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने संस्थाले जनाएको छ ।

कम्पनीले सभा प्रयोजनको लागि पुस १० गतेदेखी २७ गते सम्म बुक क्लोज गर्दैछ । पुस ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा भाग लिन पाउने छन् ।
सभा होटल बाराही, लेकसाइड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : १ पुष २०७६, मंगलवार १२:२४