सुन चाँदीको भाउ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुन चाँदीको भाउ बढ्यो



काठमाडाै । मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ७१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर ७१ हजार ५ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा २ सयले नै बढेर ७१ हजार २ सयमा पुगेको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ३ सय, प्रति १० ग्राम तेजावी सुनको भाउ ६१ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : १ पुष २०७६, मंगलवार ११:३२