इटहरी ।विनासकारी भुकम्पले कस्तो संरचना वनाउने भन्ने वहस चलिरहेको समयमा पूर्वी नेपालको इटहरीमा स्तरीय तथा भुकम्पप्रतिरोधी मानिएका एक तले पक्की भवनहरुको विक्री सुरु भएको छ ।
आवासीय प्रयोजनका लागि इटहरी उपमहानगरपालिकामा सुन्दरदेवी हाउजिङ कम्पनीले ३४ वटा एक तले भवनहरुको विक्री सुरु गरेको हो ।
पाँच धुर जमिन क्षेत्रफलमा बनाइएका यी भवनहरुको मुल्य २३ देखि २८ लाख रुपियाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
इटहरीमा आएर बसोवास गर्न चाहानेहरुको लागि यी घरहरु विशेष रोजाइमा पर्न सक्ने हाउजिङ्ग कम्पनीको दावी छ ।
Comment