सुनको मूल्य कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य कति छ ?



काठमाडाै । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७१ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले घटेर प्रतितोला ७० हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार ५०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपियाँ कायम गरेको छ ।

प्रकाशित : 13 December, 2019 11:49 am