छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि क्रिसमस मार्ट २०१९, लाइभ कन्सर्टका साथमा विविध कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि क्रिसमस मार्ट २०१९, लाइभ कन्सर्टका साथमा विविध कार्यक्रम



क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ आयोजन हुने भएको छ ।


मंसिर २७ गतेदेखि तीन दिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।


नेपाल भ्रमण बर्ष २०२० को प्रबद्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसनको आयोजनमा यहि मंसिर २७ देखि २९ गतेसम्म क्रिसमस मार्ट २०१९ संचालन हुन लागेको आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले बताए।


उक्त कार्यक्रमको जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ ।


ठमेल स्थित छाँया सेन्टरमा आयोजना हुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ प्रस्त्ुति रहने आयोजकले जनाएको छ ।


साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ ।


हरेक बर्ष डिसेम्बर २५ का दिनमा विश्वभर किसमश डे मनाउने गरिन्छ । नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० बो पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १८:२३