काठमाडाै । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
Comment