काठमाडौं । साताको चौँथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार र मंगलबार ७१ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज फेरी दुई सय रुपियाँले बढेर प्रतितोला ७१ हजार चार सय रुपियाँ कायम भएको हो ।
आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ९६० रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।
Comment