क्लियरिङ्ग हाउसको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

क्लियरिङ्ग हाउसको लाभांश पारित



काठमाडाै । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ४० प्रतिशत लाभांश पारित भएको छ।

कम्पनीको कार्तिक २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले ४० प्रतिशत बोनस र २ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश अनुमोदन गरेको हो।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवर्द्धित यस कम्पनीले आफ्नो अधिकृत पूँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने भएको छ।

चुक्ता पूँजी २१ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीको बोनसपछि पूँजी २९ करोड ८ लाख पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७७ लाख ३५ हजार खुद नाफा कमाएको थियो ।

हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार बढी शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार ११:३७