सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनचाँदीको मूल्य घट्यो



काठमाडाै । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले घटेर प्रतितोला ७० हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ११:०७