नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा



काठमाडौं । सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ।

कोषमा सरकारी कर्मचारीका साथै अन्य संघ-संस्थामा आवद्ध कामदार कर्मचारीले बचत संकलन गर्दै आएका छन् । यो बचतलाई कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत मुद्दती निक्षेप, सरकारी ऋणपत्र, डिबेन्चर, बन्ड, धितोपत्र, समयकालीन कर्जा, सापटी कर्जा, जलविद्यत्, आवास कर्जालगायत क्षेत्रमा लगानी गर्दै आएको छ। कोषले गरेको यस्तै लगानीमध्ये करिब ७५ करोड लगानी जोखिममा परेको हो।

कोषले निक्षेप राखेका आधा दर्जनभन्दा बढी बैंक, वित्तीय संस्थामा ७४ करोड ९४ लाख रूपैयाँ समस्यामा परेको हो। यस्ता सातवटा संस्था आफै वित्तीय जोखिममा परेको र कतिपय खारेजीको प्रक्रियामा रहेका कारण कोषले राखेको रकम फिर्तामा समस्या देखिएको हो।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार नारायणी विकास बैंक, हाथावे फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, हिमालय फाइनान्सलगायतले कोषको निक्षेप रकम फिर्ता गर्न सकेका छैनन् । नेपाल सेयर मार्केट्समा छ। यो संस्थामा कोषको ३० करोड ८४ लाख रूपैयाँ रहेको ती अधिकारीले जानकारी दिए । दोसो निक्षेप धेरै हुने संस्थामा क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स रहेको छ। यसमा कोषको २७ करोड रूपैयाँ यो कोषको निक्षेप लिने संस्था समस्याग्रस्त भएपछिको परिणाम हो ।

निक्षेप फिर्ता लिन बाँकी छ। सबैभन्दा कम निक्षेप लिन बाँकी रहेको संस्था भने हाथावे फाइनान्स हो। यसमा कोषले लिन बाँकी रहेको रकम २१ लाख रूपैयाँ मात्र छ। सबै संस्थामा विगतमा वित्तिय अनुशासन नभएका कारण अहिले समस्याग्रस्त बनेका छन्। राष्ट्र बैंकका ती अधिकारीका अनुसार नारायणी विकास बैंकमा पनि कोषको एक करोड ३६ लाख रूपैयाँ उठन बाँकी छ। कोषले वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा राखेको रकममध्ये एक करोड ९१ लाख र हिमालय फाइनान्समा राखेको नौ करोड १८ लाख रूपैयाँ पनि उठेको छैन ।

ती अधिकारीले करिब आधा दर्जनभन्दा बढी संस्थामा राखिएको रकम उठ्न । नसकेर समस्यामा परेको बताए। कोषका सूचना अधिकृत उद्धव सिलवालले यी बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असुली प्रक्रियामा रहेको जानकारी दिए।यो समाचार अजाको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ०७:२४