महालक्ष्मी विकास बैंकको शाखा झम्सिखेलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको शाखा झम्सिखेलमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेल शाखा कार्यालयको आइतबार उद्घाटन गरि सञ्चालनमा ल्याएको छ । 

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दीप प्रज्वलनका साथ गर्नुभएको थियो, सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेको थियो र विशेष अतिथिका रुपमा एसएसपी टेक प्रसाद राई उपस्थित थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेको थियो । 

उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता ब्यक्त गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको जनाएको छ ।
 

प्रकाशित : १३ आश्विन २०७६, सोमबार १४:३६