सुजुकीको विश्वस्तरीय सर्भिस सेन्टर डल्लुमा शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुजुकीको विश्वस्तरीय सर्भिस सेन्टर डल्लुमा शुभारम्भ



सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्विलस् नेपालले बिहीबार काठमाण्डौको डल्लुमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।

सेन्टरको उद्घाटन सुजुकी मोटर कर्पाेरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले सामूहिक रुपमा गरे । २३ हजार ३८१ स्क्वायर फिटमा फैलिएको सेन्टरमा प्रतिमहिना २ हजार कारलाई सर्भिस दिने क्षमता रहेको छ ।

सेन्टरमा रहेका ११ वटा सर्भिस क्षेत्रमध्ये दुईवटा एक्सप्रेस तथा एउटा ह्विल अपलाइमेन्ट छन् । सुजुकीको डाइग्नोस्टिक टुल्सद्वारा सुसज्जित गरिएको यो सेन्टरमा थ्रीडी ह्विल एलिग्मेन्ट सिस्टम, अटो ब्रेक ब्लिडर, सेन्ट्रलाइज्ट लुब्रिकेन्ट सिस्टम, फ्युल इन्जेक्टर क्लिनर, एअर कन्डिसन रिफिलिङ, लिकेज डिटेक्टर, कम्प्रेसर टेस्टिङ सिस्टम, ह्विलर ब्यालेन्सर, डिजिटल प्रेसर गजजस्ता अन्य सुजुकीको गाइड लाइनअनुसारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएका छन् ।

गाडी बिक्रीपछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको कम्पनीले जनाएको छ । यो सेन्टरले ग्राहकलाई सर्भिसिङको जानकारी प्रदान गरी पोस्ट सर्भिस क्वालिटी चेकसमेत गर्ने गर्दछ ।

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग हुनुका साथै सर्भिस टिमलाई उच्चस्थतरीय तालिम तथा पिक एन्ड ड्रपको सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा कम्पनीका बिजनेस युनिट प्रमुख श्याम श्रेष्ठले भने ग्राहकको सन्तुष्टिलाई केन्द्रविन्दुमा राख्दै कम्पनीले गुणस्तरीय सेवाका लागि ७० किलोमिटर अर्धव्यासमा सर्भिस टच प्वाइन्ट स्थापना गर्ने उद्देश्यका साथ डल्लुमा यो सेन्टर स्थापना गरेको जानकारी गराए।
नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेट्सहरु, ३९ स्थानमा सर्भिस सेन्टर तथा ३५० भन्दा बढी सर्टिफाइड पार्ट आउटलेट्सहरु रहेका छन्।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ०८:१३