श्री एयरमा ५ सयमात्रै भाडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

श्री एयरमा ५ सयमात्रै भाडा



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्रीएयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई जुनसुकै गन्तव्यमा ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने भएको छ ।

१२ असोज गतेदेखि लागू हुने यो योजना प्रतिउडान दुई जना जेष्ठ नागरिकले मात्रै सो छुट प्राप्त गर्ने र उडान गर्ने बेलामा उमेर खुल्ने परिचय आवश्यक रहेको र यस्तो टिकक रद्दसमेत नहुने बताइएको छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार १४:५६