सुनचाँदीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनचाँदीको मूल्य बढ्यो



आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत विहिबार ७० हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तिन सय रुपियाँले बढेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपियाँ ३० पैसा कायम गरेको छ ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार ११:४२