स्काईवर्थद्वारा “ग्राण्ड छुट उत्सव” को घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

स्काईवर्थद्वारा “ग्राण्ड छुट उत्सव” को घोषणा



काठमाडौ । स्मार्ट अपलायन्सेस् प्रा.लि–के. एल. दुगड ग्रुप अन्तर्गतको कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा “स्काइवर्थ ग्राण्ड छुट उत्सव” सार्वजनिक गरेको छ । यो क्याम्पेनको नारा “स्काईवर्थ सँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग” रहेको छ ।


यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् । विगत ४ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शिर्ष रोजाई बन्दै आइरहेको छ । स्काईवर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ ।


एक उत्कृष्ट ब्राण्ड स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउँनुका साथै यो चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १३:५०