अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक हुँने



काठमाडौं । फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक गर्दैछ ।

नेपाली बजारमा फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा निक्कै लोकप्रिय एसयूभी हो । इकोस्पार्ट थन्डर एडिसनमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रयुमेन्ट क्लस्टर लगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ ।

नयाँ इकोस्पोर्टमा १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन भएको यसले १२१ बीएचपी र १५० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले ९८ बीएचपी पावर र २ सय ५ एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ । यसको मूल्य ४७ लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ ।

जिओ अटोमोबाइलले नाडा अटो शोलाई लक्षित गर्दै ‘सिधै क्यास, नो बकवास’ नामक आकर्षक ग्राहक योजना ल्याएको छ ।

कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले तीन वटासम्म स्क्र्याच कार्ड कोट्याउन पाउने छन् । ग्राहकले प्राप्त गरेको स्क्र्याच कार्ड मार्फत अधिकतम ३ लाख छुट पाउने कम्पनीले जनाएको छ । क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयल्टी बोनस प्रदान गर्ने कम्पनीले बताएको छ ।

फोर्डका सबै मोडलमा यो अफर उपलब्ध हुनेछ । कम्पनीले नेपाली बजारमा इकोस्पोर्ट, इन्डेभर, एस्पायर, फ्रिस्टाइल र फिगो जस्ता मोडल बिक्री गर्दै आएको छ ।

प्रकाशित : ९ भाद्र २०७६, सोमबार २१:५५