धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वटा वृक्ष रोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वटा वृक्ष रोपण



नेपालकालागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षा रोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो ।


आनन्दनगर धुम्बाराहि बैजनीपुलदेखि पहेँलो पुलसम्मको धोवीखोला करिडोरका दुवै तर्फ सो विरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएका विरुवा करबीरका हुन् ।

धेरै अग्लो नहुने करबीर जातकाविरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुलफुल्ने जातको विरुवाहो ।

टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ ।


उक्त वृक्षा रोपण कार्यक्रममा प्रदेश सांसदहरुज्युहरु नारायन सिलवाल, सीताअधिकारी तथा बैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो ।


सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताउँनु भयो ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार ११:५६