हाथवे फाइनान्सलाई गाभ्न ग्लोबल आईएमई बैंकले बाेलायाे विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हाथवे फाइनान्सलाई गाभ्न ग्लोबल आईएमई बैंकले बाेलायाे विशेष साधारणसभा



काठमाडाै । ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया तीव्र बनाएको छ । हाथवेलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न बैंकले साउन १४ गते विशेष साधारणसभा गर्दैछ । साधारणसभामार्फत बैंकले सम्पूर्ण दायित्व तथा सम्पति मूल्यांकन प्रतिवेदन (डिडिए) स्वीकृत गर्ने छ ।

खराव अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले किनेपछि लगत्तै ग्लोबल आईएमई बैंकसँग सम्झौता भएको थियो । ग्लोबल आईएमईको १०० रुपैयाँ बराबर हाथवेले ४२ रुपैयाँ पाउने गरी एक्विजिसन हुन लागेको छ ।

३० करोड चुक्तापुँजी भएको फाइनान्सले तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । हाथवेले किन्दा फाइनान्सको चुक्तापुँजी १५ करोड रुपैयाँ थियो । गत वर्ष संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याएको हो ।

यता, १० अर्ब ३१ करोड रुपैयाँ चुक्तापुँजी भएको ग्लोबल आईएमईले जनता बैंक नेपाललाई पनि गाभ्न सम्झौता गरिसकेको छ ।

प्रकाशित : २९ असार २०७६, आईतवार ०८:०८