कसै पत्रको आधारमा विषादी परीक्षण गर्न सरकार पछि हटेको हैनः बाँस्कोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कसै पत्रको आधारमा विषादी परीक्षण गर्न सरकार पछि हटेको हैनः बाँस्कोटा



काठमाडौँ। सरकार कसैको पत्रले प्रभावित नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दाबी गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण नभएको प्रस्ट पारे ।

भारतको पत्रपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको समाचार सार्वजनिक भइरहेको बेला प्रवक्ता बाँस्कोटाले त्यसलाई अस्वीकार गरेका हुन् ।

परीक्षण गर्ने निर्णय फिर्ता लिए पनि प्रवक्ता बाँस्कोटाले आफूहरु देशको हितमा गम्भीरतापूर्वक लाग्ने बताए।

यसैबीच, उनले मंगलबारको बैठकमा आवश्यक सबै विषयमा छलफल भएको बताए । कानुन, नियमावली, सरुवा बढुवा लगायतका सबै विषयमा कुरा भएको उनले बताए ।

मन्त्रिपरिषद् हेरफेरको कुरा प्रधानमन्त्रीको नितान्त विशेषाधिकार भएको उनले दोहोर्‍याए । उनले भने ‘तपाईहरू कुहिरीमण्डलमा हुनुहुन्छ, त्योभन्दा माथि उठ्न आग्रह गर्दछु । ’

प्रकाशित : 9 July, 2019 12:33 pm