काठमाडौंदेखि चीनको छाङ्सा सीधा हवाई उडान हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

काठमाडौंदेखि चीनको छाङ्सा सीधा हवाई उडान हुने



काठमाडौ । काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ। हुनान एयरपोर्ट व्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो।

यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वा अन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने बाध्यता थियो। सीधा उडान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप–महाप्रबन्धक हुआङले बताइन्। काठमाडौँमा बिहीबारबाट सुरु ‘हुनान संस्कृति तथा पर्यटन सप्ताह’ कार्यक्रममा बोल्दै उप–महाप्रबन्धक हुआङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको उनले बताइन्।

छाङ्सा एयरपोर्टमा दुईवटा टर्मिनल र दुई वटा रनवे रहेका छन्। यो चीनका ठूला ८ एयरपोर्ट मध्ये एक पर्दछ। यो एयरपोर्टबाट एक सय भन्दा धेरै डोमोस्टिक एयरपोर्टमा उडान हुन्छन् भने ४४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान हुने गरेका छन्। यो एयरपोर्टमा सम्पूर्ण आधुनिक सुविधाहरु रहेको उप–महाप्रबन्धक हुआङले बताइन्। यो एयरपोर्टबाट ट्रान्जिट उडान पनि गर्न सकिने उनले बताइन्।

प्रकाशित : २२ असार २०७६, आईतवार २२:१७