यस्ताे छ सान्जेन र रसुवागढी आईपीओ सूचीकरण ढिलाइको कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ताे छ सान्जेन र रसुवागढी आईपीओ सूचीकरण ढिलाइको कारण



काठमाडौं । बैशाख १९ गते नै सर्वसाधारणलाई शेयर बाँडफाँड गरेका सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले हालसम्म सूचीकृत गरेका छैनन् । पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरुले छोटो समयमै शेयरलाई कारोबार योग्य बनाइरहको अवस्थामा यी दुई कम्पनीको शेयर सूचीकरण प्रक्रिया भने अन्योलमा देखिएको हो ।

जनताको जलविद्युत कार्यक्रमअन्र्तगतका आयोजनामा समेटिएका यी दुबै कम्पनीले स्थानीयलाई भन्दा अघि कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनीका सचिव नरनाथ न्यौपानेले स्थानीयलाई शेयर जारी गर्न बाँकी रहेकाले यस विषयमा कसरी जाने भन्नेबारे छलफल चलिरहेकोले सूचीकरणमा ढिलाई भएको जानकारी दिए ।

उनका अनुसार स्थानीयकै आग्रहमा सर्वसाधारणपछि शेयर जारी गर्ने वातावरण मिलाए पनि हाल आएर कर्मचारी र सर्वसाधारणको शेयर सूचीकरण अन्योल देखिएको हो । स्थानीय शेयर ‘लकइन’ अवधि तीनवर्ष रहेको प्रसंगमा यो अवधि कहिलेदेखिको हुने भन्नेमा स्पष्ट नहुँदा सम्बन्धित निकायमा राय माग्ने तयारी भएको न्यौपानेले बताए ।

शेयर सूचीकरणको विषयमा सान्जेल जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि एकै दिन बाँडफाँट भएको शेयरसँगै सूचीकरण प्रक्रियामा लैजाने तयारी भए पनि एउटै समस्याले ढिलाई भएको बताए । आजको अभियान दैनिकमा खबर छ ।

प्रकाशित : १९ जेष्ठ २०७६, आईतवार ११:०३