देव विकास बैंक बन्यो युनाईटेड इन्स्योरेन्सको साझेदार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

देव विकास बैंक बन्यो युनाईटेड इन्स्योरेन्सको साझेदार



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरु बीमा कम्पनीको साझेदार बन्ने क्रम ह्वात्तै बढेको छ । बैंकहरु एक वा एक भन्दा बढि बीमा कम्पनीसँग सहकार्य गरेर काम गरिरहेका छन् भने बीमा कम्पनी पनि एक भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरी व्यवसाय अभिवृद्धिमा जुटेका छन् ।

यसै क्रममा देव विकास बैंक युनाईटेड इन्स्योरेन्स कम्पनीको नयाँ साझेदार बन्न पुगेको छ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र देव विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र देव बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत निर्जिवन बीमा सम्बन्धी कारोबार गर्न पाउनेछन् ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार १५:४१