हावा हुरी पीडितलाई गोर्खा इको प्यानलको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हावा हुरी पीडितलाई गोर्खा इको प्यानलको सहयोग



काठमाडौं । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले तराईका दुई जिल्लाका हावाहुरीपीडितको सहयोगार्थ ५० हजार रुपैयाँं सहयोग गरेको छ ।

चैत १७ गते आइतबार साँंझ प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीबाट पीडित परिवारको सहयोगका लागि उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलले जनाएको छ ।

नेपाल इन्जिनियर्स एसोसियसनको खातामा जम्मा गरी उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए । कम्पनीले गोर्खा इको प्यानलको प्रयोग गरी घर बनाउन तथा पुननिर्माण गर्न चाहने पीडितहरुका लागि थप १० प्रतिशत छुटमा इको प्यानल विक्री गर्ने सीईओ दुवालले जनाए । सामाजिक उतरदायित्व वहन गर्ने क्रम अन्तर्गत सहयोग गरेको दुवालले जनाए । कम्पनीले समयसमयमा यस्तो सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गर्दै आएको उनले जनाए ।

तराईमा मच्चाएको हावाहुरीको वितण्डाले विशेष गरी बाराको पसौनी, फेटा र सुवर्ण गाउँंपालिकामा वढी प्रभावित पारेको थियो । पीडितलाई सहयोग गर्न नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रिय समितिले सरोकारवाला सवैलाई सार्वजनिक आग्रह गरेको थियो । एसोसिएसनको आग्रहपछि आफूहरुलाई सहयोग गरेको इको प्यानलले जनाएको छ । एसोसिएसनले यसका लागि सार्वजनिक रुपमै सवैसँंग आग्रह गरी सहयोग संकलन अभियान चलाउँंदै आएको छ ।

गोर्खा इको प्यानल इटाको विकल्पको रुपमा (भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) प्रयोग हुने निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी इको प्यानल हो ।

प्रकाशित : २० चैत्र २०७५, बुधबार २१:३०