काठमाडौं । यति र तारा एअरलाइन्सले आफ्ना प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भएकोप्रति शोक व्यक्त गर्न शुक्रबार कुनैपनि उडान नगर्ने निर्णय गरेका छन् ।
यति र ताराले काठमाडौंबाट देशका १३ ओटा जिल्लामा उडान भर्दै आएका छन् । यति र ताराले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार कुनैपनि उडान नगर्ने निर्णय गरेको जनाएका हुन् ।
बुधबार ताप्लेजुङको पाथीभराबाट काठमाडौं आउनेक्रममा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा निधन भएका शेर्पा यति र तारा एअरका प्रबन्ध निर्देशकसमेत हुन् ।
Comment