काठमाडौ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ विशेष अदालतलाइ धरौटी बुझाएर छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको आजको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । नेपाल इन्भेस्टमेन्ट बैंक खड्काको धरौटी रकमका लागि ग्यारेन्टी बसेको छ ।
खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै,आयोगले अन्य ब्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको माग दाबी गरेको थियो।
Comment