टिभिएसकाे ग्रान्ड एक्सचेन्जकाे बिजेता सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

टिभिएसकाे ग्रान्ड एक्सचेन्जकाे बिजेता सार्वजनिक



काठमाडौं । टिभिएस मोटर कम्पनिको नेपालको अधिकृत बिक्रेता, जगदम्बा मोटर्सद्वारा आयोजित ४ दिने ग्रान्ड एक्सचेन्जका बिजेता सार्वजनिक गरेको छ । गत पुष २५ गते – पुष २८, ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाइ पुष २९ मा सम्पन्न भएकोे थियोे ।

सो–कार्यक्रममा निशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । जसको बिजेता लक्की–ड्र मार्फत कार्यक्रमको अन्त्यमा राज कुमार श्रेष्ठलाइ हस्तान्तरण गरिएको थियो ।

एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटर संग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो ।
ग्राहकहरुको सेवा तथा सुबिधाको लागि गरिएको यस आयोजना मार्फत अत्याधिक ग्राहकहरुको सहभागिताका साथ साथै ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको छ ।

कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर, रु ८ हजार सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम रु २५००० मुल्यांकन, रु ७००० — रु १ लाखसम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइक हरु जस्ता आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।
कम्पनिका बजार प्रमुख बिक्रम पौडेलले भने “ग्राहकहरुको सक्रिय सहभागिता देखेर हामी निकै खुशि भएका छौ त्यसैले टिभिएसले आउने दिनहरुमा ग्राहकहरुके सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।“

प्रकाशित : ८ माघ २०७५, मंगलवार १३:५०