आयल निगममा को को छानिए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयल निगममा को को छानिए ?



काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम छानेका छन् ।

निगम कार्यकारी निर्देशक छान्नका लागि गठित समितिले १७ आवेदकहरुमध्येबाट ५ जनालाई छानेको हो ।

समितिका संयोजक एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल रहेको उक्त समितिद्धारा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुरखड्का र सुरेन्द्रकुमार पौडेल छानेका छन् ।

गोपाल खड्काको राजनीनामा पछि निगमको रिक्त कार्यकारी निर्देशकमा सार्वजनिक संथानका कर्मचारीदेखि पूर्वमहाप्रबन्धक समेतले आवेदन दिएका थिए ।

प्रकाशित : १५ पुष २०७५, आईतवार १३:५५