चिलिमे जलविद्युतको साधारण सभा पुस २७ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे जलविद्युतको साधारण सभा पुस २७ गते हुने



काठमाडौं चिलिमे जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले २२औँ वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ११ बजे,श्री त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा २०प्रतिशत बोनस सेयर र ५प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
साधारण सभाको लागि पुस १९ गतेदेखि दर्ता किताब बन्द हुने छ ।

प्रकाशित : ३ पुष २०७५, मंगलवार १५:०२