आइतबार नेप्से १८ दशमलव ८९ उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार नेप्से १८ दशमलव ८९ उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १८ दशमलव ८९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १५९ कम्पनीको १४ लाख ७ हजार ५ सय ३४ कित्त सेयर बाट ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ६७ दशमलव २१ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह १ सय ३३ दशमलव ३७ अंकले, लघुवित्त समुह ३७ दशमलव ५२ अंकले, होटल समुह ३० दशमलव ३८ अंकले ,बैँक समुह १७ दशमलव ७६ अंकले, विकास बैँक समुह १० दशमलव २२ अंकले, जलविधुत समुह ४ दशमलव ६२ अंकले,अन्य समुह ३ दशमलव ४१ अंकले र फाइनानस समुह ३ दशमलव १५ अंकले उकालो लागेको छ ।
आज उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज उतपादनमुलक समुह ८ दशमलव ४३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १ पुष २०७५, आईतवार १५:३६