चौतारी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चौतारी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड



काठमाडौं। चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका थिए । यसमा गोलाप्रथाको माध्यमबाट ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आईपीओ पाएका छन् भने २ लाख १७ हजार ४३० जनाको हात भने खाली भएको छ ।

आईपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।

कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १५:३३