बिहिबार नेप्से ७ दशमलव ६ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहिबार नेप्से ७ दशमलव ६ अंकले उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ७ दशमलव ६ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कुमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको ९ लाख ९७ हजार ६ सय ७२ कित्त सेयर बाट ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ६५ दशमलव ७८ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ३० दशमलव २७ अंकले, लघुवित्त समुह ११ दशमलव ६१ अंकले, विकास बैँक समुह ८ दशमलव ८७ अंकले, जलविधुत समुह ८ दशमलव ८ अंकले, बैक समुह ८ दशमलव ५५ अंकले र उतपादनमुलक समुह ५ दशमलव ३८ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै अन्य समुहले गुमाएको छ । आज अन्य समुह २ दशमलव ५७ अंकले ओरालो लागेको छ। आज होटल समुह १ दशमलव ८५ अंकले र फाइनान्स समुह ० दशमलव ४४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २७ मंसिर २०७५, बिहीबार १५:२८