चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस



काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणालाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को केही बेर अघि बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । न्याय परिषद्ले यसअघि राणासँगै दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

प्रकाशित : २७ मंसिर २०७५, बिहीबार ११:४८