मंगलबार नेप्से ३ दशमलव ०८ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार नेप्से ३ दशमलव ०८ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव ०८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६४ कम्पनीको १२ लाख ८६ हजार ५ सय ७५ कित्त सेयर बाट ३८ करोड ३२ लाख ९३ हजार १ सय २० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह २८ दशमलव ९ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २५ दशमलव ७३ अंकले,होटल समुह १४ दशमलव ६८ अंकले, लघुवित्त समुह १० दशमलव २५ अंकले, जलविधुत समुह ३ दशमलव ८ अंकले, बैँक समुह २ दशमलव ६८ अंकले र विकास बैँक समुह १ दशमलव ९३ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ । आज उतपादनमुलक समुह १३ दशमलव ८१ अंकले उकालो लागेको छ ।आज फाइनान्स् समुह ० दशमलव १७ अंकले र अन्य समुह ० दशमलव ६२ अंकले उकालो लागेको छ।

प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १५:२२