नेप्सेमा १ करोड ११ लाख ६१ हजार कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा १ करोड ११ लाख ६१ हजार कित्ता शेयर सूचिकृत



काठमाडौं । नेप्सेमा आज १ करोड ११ लाख ६१ हजार ६ सय २६ दशमलव ५१ कित्ता शेयर सूचिकृत भएकाे छ । आज नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको हाे ।

नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता हकप्रद शेयर र स्वरोजगार लघुवित्तको १२ लाख २५ हजार १ सय ४९ दशमलव ०१ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १४:२३