काठमाडौँ। सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १२ दशमलव ४९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएको छ । आज कारोबारमा आएको १६३ कम्पनीको १२ लाख ६४ हजार ३ सय ४० कित्त सेयर बाट ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ९८ दशमलव ६९ अंकले उकालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ७२ दशमलव ०५ अंकले, होटल समुह २३ दशमलव ८७ अंकले,लघुवित्त समुह १८ दशमलव ०८ अंकले, विकास बैँक समुह १४ दशमलव ८ अंकले, बैँक समुह १३ दशमलव ४३ अंकले, जलविधुत समुह ५ दशमलव १ अंकले र फाइनान्स समुह ४ दशमलव ४ अंकले उकालो लागेको छ ।
आज उतपादनमुलक समुह र अन्य समुह भने ओराले लागेको छ । आज अन्य समुह २ दशमलव ७९ अंकले र उतपादनमुलक समुह २ दशमलव ५१ अंंकले ओरालो लागेर बन्द भएको छ ।
२४ मंसिर २०७५, सोमबार १५:२७
Comment