आइएमई मोटर्स अशोक लेलैण्डको नयाँ शाखा अब पोखरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

आइएमई मोटर्स अशोक लेलैण्डको नयाँ शाखा अब पोखरामा



पोखरा।आइएमई ग्रुपअन्तर्गत संचालित आइएमईमोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे,१४–पोखरामा स्थापना गरिएको छ।यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक ले लैण्डगाडीहरुका लागि सेल्स,सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स)सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष  दामु अधिकारीले संयुक्त रुपमा गर्नु भयो । उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भने“अशोक लेलैण्डमा गरेको लगानी ले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भर पर्दो ब्राण्ड भएकोले यस मा लगानी गरेको जानकारी दिए।उनले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे । नेपालका लागि अशोक लेलैण्डगाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस(सेल्स,सर्भिस र स्पेयर्स) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

सोही समारोहका वीच आइएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल ले आफनो स्वागत मन्तब्य व्यक्त गरेका थिए ।उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु.प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई, पोखरा शाखा प्रबन्धक,खेम वहादुर क्षेत्री लगायत अशोक लेलैण्ड– भारतका Vice President- International Operation आइएमई ग्रुपका तर्फ बाट उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

का.मु.प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले आइएमई समुहले आफनो लगानीलाई बिविधि करण गर्ने शिलशिलामा अटोमोबाइल क्षेत्रमापनि लगानी गरेको र छोटो समयमा आइएमइ मोटर्सले प्रवद्र्धन  गरेको अशोक लेलैण्डब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय हुन सकेको भन्दै  आइएमई.मोटर्सले बिक्री पछिको सेवालाई बिशेषध्यान दिएकोले नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म सर्भिस सेन्टरहरु खोली दक्ष मेनपावर,स्पेयर पार्टसको उपलब्धता गराउँदै लगेको जानकारी गराए ।उनले अशोक लेलैण्ड गाडीहरु बिक्री गर्न र बिक्री पछिको  सेवा प्रदान गर्न आइएमई मोटर्सले टेक्नीकल सहयोग गरि रहेको तथा आइएमई. मोटर्सका कर्मचारीहरु पनि यस सेटअप मानै बसेर ग्राहकहरुलाई सेवा दिई रहने जानकारी दिए ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतकाVice President– InternationalOperations रभि पङ्गालेअशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७०बर्षपुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र बिगतमा भएका कमि कमजोरीहरु लाई सुधार गर्दै आइएमई मोटर्स सँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए।”

अशोकलेलैण्डले १टन देखि ४९ टन सम्मका सामान बोक्नेगाडीहरु, १६सिट देखि७० सिटक्षमताका बसहरु तथा ४ क्युविक मिटरदेखि २२ क्युविक मिटर क्षमताका ट्रिप्पर, ट्रकहरु र बिभिन्न स्पेशल प्रयोजनका गाडीहरु (दमकल, आरएमसी, रिकभरी भेहिकल,पेट्रोल टयाङ्कर, डिफेन्स भेहिकल,ग्यासबुलेट आदि)उत्पादनगर्ने र ती गाडीहरु नेपालमा आयात गरि बिक्री गर्ने र बिक्री पछिको सेवा दिने कार्य आइएमई  मोटर्सले गरिरहेको जानकारी पनि उनले दिए ।

रेमिटेन्स व्यवसाय बाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। बैंकिङ्ग, इन्स्योरेन्स,अटोमोबाइल्स,इनर्जी,ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि,उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमईग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रकाशित : २३ मंसिर २०७५, आईतवार १२:३८