बिहिबार नेप्से २ दशमलव ७ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

बिहिबार नेप्से २ दशमलव ७ अंकले उकालो लागेर बन्द



काठमाडौँ।कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ७ अंकले उकालो लागेको  छ । आज कारोबारमा आएको जलविधुत र उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्त सेयर बाट ३७ करोड ९ लाख ७१ हजार ९ सय ३६ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह ४४ दशमलव ०७ अंकले उकालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ३५ दशमलव ५९ अंकले, विकास बैँक समुह ३ दशमलव ३१ अंकले,बैँक समुह २ दशमलव ५५ अंकले,अन्य समुह ० दशमलव ८७ अंकले, फाइनान्स समुह ० दशमलव ७९ अंकले, होटल समुह ० दशमलव ६५ अंकले, लघुवित्त समुह ० दशमलव ५४ अंकले उकालो लागेको छ ।
आज जलविधुत र उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज जलविधुत समुह ९ दशमलव ८१ अंकले र उत्पादनमुलक समुह २ दशमलव ६२ अंकले ओरालो लागेको छ

प्रकाशित : २० मंसिर २०७५, बिहीबार १५:३३