बुधबार नेप्से २२ दशमलव ८ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

बुधबार नेप्से २२ दशमलव ८ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २२ दशमलव ८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५६ कम्पनीको ११ लाख ६८ हजार २ सय ३३ कित्त सेयर बाट ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ८५ दशमलव २६ अंकले ओरालो लागेको छ । आज लाईफ इन्स्यारेन्स समुह ९६ दशमलव ०१ अंकले,विकास बैँक समुह ३३ दशमलव ८८ अंकले, लघुवित्त समुह ३० दशमलव ४१ अंकले, अन्य समुह २८ दशमलव ०८ अंकले,उतपादनमुलक समुह २५ दशमलव ४७ अंकले, जलविधुत समुह २१ दशमलव २४ अंकले, बैक समुह १५ दशमलव २२ अंकले, होटल समुह १० दशमलव ७३ अंंकले र फाइनान्स समुह २ दशमलव ४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १९ मंसिर २०७५, बुधबार १५:१८