काठमाडौ।बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूफर बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस , १९सीएमपीएल र १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिका साथमा छ—जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ ।
पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र RMS 20 X 2 watt साउन्नड आउटपुट सहित यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।
अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा RMS 40 X 5 watt साउन्नड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेको छ।
अन्तमा, १८ सीएमपीएल जसमा RMS 40 X 5 watt साउन्नड आउटपुट सहित यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेका छ ।
हिम इलेक्ट्रोनिक्स आफ्ना ग्राहकहरुका माझमा विगत कयौं वर्षहरु देखि विश्वासनीय कम्पनीको रुपमा स्थापित छ र यसले नेपाली उपभोक्ताहरुकालागि उत्पादन देखि विक्रिपछिको सेवा सम्म गरि निरन्तर सेवा प्रदान गर्दै आइ रहेको छ ।
१८ मंसिर २०७५, मंगलवार ११:५६
Comment