काठमाडौँ। सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको विकास बैँक, न्नलाइफ इन्स्योरेन्स, अन्य र लाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएको छ । आज कारोबारमा आएको १५६ कम्पनीको २१ लाख ३९ हजार ३ सय ४८ कित्त सेयर बाट ६३ करोड ७९ लाख ५४ हजार ९सय ४८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ९२ दशमलव १ अंकले उकालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह १३ दशमलव ५७ अंकले, विकास बैँक समुह ४ दशमलव ७ अंकले र अन्य समुह ० दशमव ४३ अंकले उकालो लागेको छ ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै गुमाएको छ । आज उतपादनमुलक समुह ९ दशमलव २१ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह ८ दशमलव ३१ अंकले, जलविधुत समुह २ दशमलव १७ अंकले, होटल समुह २ दशमलव ०४ अंकले,फाइनान्स समुह १ दशमलव ८२ अंकले, टे«डिड. समुह १ दशमलव १८ अंकले र बैँक समुह ० दशमलव २७ अंकले ओरालो लागेको छ ।
१७ मंसिर २०७५, सोमबार १५:१९
Comment