काठमाडौं।नेप्सेमा सूचीकृत दुई कम्पनीको कारोबार रोक्का भएको छ। नेप्सेले नाडेप लघुबित्त वित्तीय संस्था र नेपाल ल्युब आएलको कारोबार रोक्का गरेको हो।
दुवै कम्पनीले दोस्रो बजारको कारोबारमा फरक पार्ने खालका निर्णय तत्काल नेप्सेलाई नबुझाएको कारण कारोबार रोक्का गरिएको जानकारी नेप्सेले दिएकाे छ ।
नाडेप लघुबित्तको १२ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई लाभांश दिने निर्णय गरेको थियो।
उक्त निर्णयको जानकारी संस्थाले १३ गते साँझ मात्रै नेप्सेलाई जानकारी दिएको थियो। नेपाल ल्युब आयलले पनि १३ गते गरेको निर्णय १६ गते मात्रै नेप्सेलाई जानकारी दिएको थियो।दुवै संस्थाको कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टिकरण सोधेको हो।
Comment