जोशी हाइड्रोपावरकाे आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जोशी हाइड्रोपावरकाे आईपीओ निष्काशन



काठमााडौं। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले मंसिर १६ गते देखि आईपीओ खुला गरेको छ । इलामको पुवा  खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको यो जलविद्युत कम्पनीले आजबाट शेयर बिक्रीको लागि आवेदन खुला गरेको छ ।

यो आयोजनाले सर्वासधारणका लागि १६ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । अयोजनाले न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदान माग गरेको छ । यसको शेयर निष्कासन बन्द हुने मिति छिटोमा मंसिर १९ र ढिलोमा पुस १९ रहेको छ ।

जोशी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ७१ हजार ४ सय कित्ता छुटयएको थियो । यसमध्ये आवेदन नपरेको १ लाख २९ हजार ३९० कित्ता र सर्वसाधारणको लागि छुट्याएको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि आइपीओ निष्काशन गरेको हो ।

यसमा ५० हजार ७१४ कित्ता कर्मचारीलाई र ८४ हजार ५२३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईपीओको ५ ग्रेड दिएको छ ।  यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न पुँजी संकलन गर्नु नै आइपीओ निष्कासनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।याे अाइपीअाेमा सी–आस्वाको माध्यमबाट आवेदन दिनसकिने छ ।

 

 

 

प्रकाशित : १६ मंसिर २०७५, आईतवार १३:४१