बुधबार नेप्से २ दशमलव १ अंकले ओराले लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार नेप्से २ दशमलव १ अंकले ओराले लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से ओराले लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव १ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५३ कम्पनीको १३ लाख ९६ हजार ९ सय २७ कित्त सेयर बाट ४० करोड ४८ लाख ४ हजार ७ सय ३४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले गुमाएको छ । आज विकास बैँक समुह ९ सय ४१ दशमलव १४ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २५ दशमलव ४१ अंकले, लघुवित्त समुह १२ दशमलव ९१ अंकले, जलविधुत समुह ४ दशमलव ९७ अंकले, होटल समुह ३ दशमलव २५ अंकले, लाइफ इन्स्योरेन्स समुह १ दशमलव ८८ अंकले, बैँक समुह १ दशमलव ८१ अंकले र  फाइनान्स समुह ० दशमलव १५ अ‌ंकले  अाेरालो लागेको छ

आज अन्य समुह भने उकालो लागेको छ । आज अन्य समुह २ दशमलव ११ अंकले उकालो लागेको छ ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार १५:१५