सोमबार नेप्से ६ दशमलव ३५ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबार नेप्से ६ दशमलव ३५ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ६ दशमलव ३५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५५ कम्पनीको ९ लाख ९१ हजार ७ सय ३० कित्त सेयर बाट ३० करोड ८४ लाख ९५ हजार ८४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ८९ दशमलव ३ अंकले ओरालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह ६७ दशमलव ०५ अंकले,लघुवित्त समुह १५ दशमलव १६ अंकले, होटल समुह १३ दशमलव ३ अंकले, विकास बैँक समुह ५ दशमलव ७६ अंकले, जलविधुत समुह ५ दशमलव ४२ अंकले, बैँक समुह ४ दशमलव ८३ अंकले  र उतपादनमुलक समुह ३ दशमलव ७६ अंकले ओारालो लागेको छ ।
आज फाइनान्स र अन्य समुह भने उकालो लागेको छ । आज फाइनान्स समुह ० दशमलव ८१ अंकले र अन्य समुह २ दशमलव २७ अंकले उकालो लागेको छ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार १५:१८