मंसिर २३ गतेदेखि लगानीकर्ताले अनलाइन प्रणाली चलाउन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंसिर २३ गतेदेखि लगानीकर्ताले अनलाइन प्रणाली चलाउन पाउने



काठमाडौं ।लगानीकर्ताको चर्को दबाबपछि नेप्सेले यही मंसिर २३ गतेदेखि पूर्ण अनलाइन सुरु गर्ने  घोषणा गरेको छ । अनलाइन प्रणालीमा समस्या उत्पन्न भएको विरोधमा नेप्से  घेराउ गर्न सोमबार पुगेका लगानीकर्तासँग भएको छलफलमा नेप्सेका सीईओ चन्द्रसिंह साउदले  सबै लगानीकर्ताले युजर आईडी र पासवर्ड पाउने आश्वासन दिएका हुन् ।  अनलाइन प्रणाली लगानीकर्ताको हातमा छाड्नु अघि तालिम दिने पनि बताएका छन् ।

कार्तिक २० गतेदेखि सञ्चालनमा आएको शेयर कारोबारको अनलाइन प्रणालीमा समस्या उत्पन्न भएपछि शेयर लगानीकर्ताका चारवटा संगठनले आज नेप्से घेराउ गर्न गएका थिए ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार १४:४३