काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ५४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४५ कम्पनीको ५ लाख ६६ हजार ६ सय ६९ कित्त सेयर बाट १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ५८ दशमलव ५६ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २७ दशमलव ८८ अंकले, बैँक समुह ९ अंकले, लघुवित्त समुह ६ दशमलव ५ अंकले, अन्य समुह ६ दशमलव २९ अंकले, विकास बैँक समुह ५ दशमलव ८ अंकले,फाइनान्स समुह २ दशमलव ६६ अंकले, जलविधुत समुह २ दशमलव २३ अंकले र होटल समहु ० दशमलव ८१ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह ७ दशमलव २२ अंकले उकालो लागेको छ ।
४ मंसिर २०७५, मंगलवार १५:१९
Comment