काठमाडौं । सताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ५८ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज प्रतिातोला ३०० रुपियाँले घटेर प्रतितोला ५८ हजार ४०० रुपियाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं तिहार अघि लगातार जस्तो बढेको सुनको मूल्य तिहार यता भने तल माथि भइ औसतमा घट्ने क्रममा रहेको छ ।
दर्शै अघि सुनको मूल्य बढेर अधिकतम प्रतितोला ६० हजार ४०० रुपियाँ पुगेको थियो । मंगलबार आन्तरिक बजारमा सुनको मूल्य बढ्नुको कारण अमेरिकी डलरको मूल्यमा आएको गिरावट र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्नु रहेको व्यवसायीहरुको भनाई छ ।
अमेरिकन डलरको मूल्य मंगलबार सोमबारको तुलनामा ४५ पैसाले घटेको छ । चाडबाडको बेलामा मूल्य उच्च रहँदा कारोबारमा अपेक्षित रुपमा वृद्धि नभए पनि मूल्य घटेको कारण बिहेको लगनको महिना मंगसिरमा भने आन्तरिक बजारमा माग बढ्ने अनुमान गरिएको छ । मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपियाँले घटेर प्रतितोला ७१५ रुपियाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
Comment