काठमाडौं । सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपीओ खुला भएको छ । कुल निष्कासन गरिएको आइपीओ मध्ये (४%) १२ हजार कित्ता सेयर कर्मचारी र (५%) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
सामुदायिकको आइपीओ मंसिर ५ गतेसम्म भर्न पाइनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात दश करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । त्यस्तै संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ।
Comment